बुद्धको एउटा भनाइ छ, तीन चीज लामो समय लुक्न सक्दैन, सूर्य, चन्द्रमा र सत्य तर हामी मानवजाति यति छट्टु भइसक्यौँ कि, ताल पर्योर भने सत्य त के सूर्य र चन्द्रमा पनि हत्केलाले छेकेर लुकेको महशुस गर्न पछि पर्दैनौँ। पत्रिकाको हरेक पानादेखि, टेलिभिजनका हरेक कर्यक्रम देखि, चोक-चोकमा रहेका हरेक चिया पसलका हरेक व्यक्तिका आवाजदेखि र अवकाश प्राप्त गर्नु भएका प्रत्येक जेष्ठ नागरिकका छलफलदेखि राजनैतिक द्वन्दको विषयमा चिन्तन हुन्छ। तर अब हामी राजनैतिक द्वन्दबाट विषय परिवर्तन गरेर कसैले कुरा नगर्ने र सबैले लुकाउने अन्तरमनको द्वन्दमा प्रवेस गरौँ।
भनिन्छ, जिन्दगी एउटै छ तर म आफैभित्र म त कति धेरै रहेछु रहेछु। मेरो म, मेरो बुवाको छोरो म, मेरो आमाको बाबु म, मेरो दाइको भाइ म, मेरो प्रेमिकाको प्रिय म, यसै गरी मेरा सारा सम्बन्धको लागि म। यी सबैका लागि मेरो व्यक्तित्व, यानिकि म त जिन्दगी एक रुप अनेक छु। आखिर किन लगाइन्छ हामी यति धेरै मुकुट, त्यो मुकुटभित्रको ‘म’ लाई के सधैं गुम्साएर राख्ने हो र? हामी आफैँले आफैँलाई लुकाउन किन खोजिरहेका छौँ? के खराबि छ र हामीमा त्यस्तो? कसैलाई प्रभाव पार्न किन खोज्दैछौँ? आफूलाई खुला रुपमा अभिव्यक्त गर्न किन सकिरहेका छैनौँ?
यो विभाजनको इतिहास पल्ट्याएर हेर्दाखेरि जब ढुङ्गे युग सकिएर कृषि क्रान्ति आयो, वर्ग विभाजन सुरु भयो, साथ साथै शोषण र सामन्तवाद पनि। त्यसपछि आयो औद्योगिक क्रान्ति, जहाँबाट सुरु भयो सुबिधा र भौतिकवाद। यही समयदेखि मानसिक रोग भयङ्कर रुपमा बढ्न थाल्यो। मनोविज्ञानको इतिहासले के भन्छ भने, जब यो औद्योगिक क्रान्ति छायो, तब मानिसहरु कामको खोजिमा भिन्न-भिन्न स्थानमा जान वाध्य भए। त्यो अचानकको स्थानांतरगमनले जीवन जिउने तरिका र हाम्रो जडित सोचाइमा ठूलै कम्पन ल्यायो तर अहिले फेरि यो कुरो उल्टिएको छ, यात्रीहरु अपिरिचित स्थान जानुनै आफ्नो जडित सोचाइलाई चुनौति गरेर आफ्नो मान्यतालाई फराकिलो पार्नु हो। सायद यो पुस्ता अन्तरालले हिजोको झुट आजको सत्य भइदियो, न नकार्न सकिने न त स्वीकार्न।
विगत १९६० मा मनोविज्ञानले एउटा नयाँ निस्कर्ष निकाल्यो, उच्च आत्माबलको मत्लब सकारात्मक विचार तथा भावना। अर्थ, जो मान्छे आफ्नो बारेमा एकदम राम्रो सोचाइ राख्छ, उसले आफ्नो काम पनि एकदम ढंगसँग गर्छ र सम्भवतः कम समस्या सिर्जना गर्दछ। यही कुरा सन् १९७० मा अभिभावकहरू, शिक्षकहरू, शिक्षा तथा संगठन नीति निर्माताहरू, व्यापार व्यवसाय र लगभग जता ततै प्रयोगमा ल्याइयो। अहिले पनि प्रयोग मै छ। यू ट्युवमा सकारात्मक सोचको खोजि गर्यो९ भने, अनगिन्ती भिडियोहरु भेट्-टाउन सकिन्छ। यसको मुख्य फर्मुलानै तपाईं जे सोच्नुहुन्छ, त्यही कुरालाई आकर्षित गर्नुहुन्छ हो । अहिलेको हाम्रो हुर्काइ-प्रणाली, शिक्षा-प्रणाली र अहिले कम्पनीहरु यही सकारात्मक सोचको नीतिमा चलिरहेका छन्। जस्तै: सधैँ अत्याधिक फलदायी हुनु, सधैं उत्प्रेरित हुनु जस्तो सुकै परिस्थितिमा पनि, सधैं मुस्कुराउनु कमसेकम नक्कली मुस्कान सही, संगठनात्मक लक्ष्य पूरा गर्ने प्रयास गर्नु, आदि इत्यादि। बाह्य रुपमा हेर्ने हो भने यी सबै कुराहरु एकदम सही छन्, यसमा कुनै सन्देह छैन। पाउनेले खोजेको कुरा पाइराखेकै छन्, तर आन्तरिक रुपमा गुमाएका के छौँ भन्ने सायद सजग छैनौँ।
इमानदारिताको अर्थ के यही हो त कि हामी आफूभित्र जे जस्तोसुकै महसुस गरेपनि सधैं सकारात्मक हुनु पर्ने? पक्कै पनि होइन, किनकी इमन्दारिताको उत्तर पाउन त प्रश्न के छ भनेर सोध्नु पर्छ, के हुनुपर्छ होइन। के छ भन्दा पनि के हुनुपर्छ भन्ने प्रश्न जब उच्च आवृत्तिमा आउँछ, भोलिका आशाका किरणले आजको वास्तविकता सम्पूर्ण रुपमा ढाकिदिन्छ।
एक उदाहरण: बेस्ट फ्रेन्ड हामी प्राय: सबै जनाको हुन्छ अथवा कुनै समयमा थियो होला। बेस्ट फ्रेन्डसँगको सम्बन्ध किन एकदम विशेष हुन्छ? किनकी बेस्ट फ्रेन्डसँग हामी हाम्रो अस्थिरता तथा दुःखहरु बाड्न सक्छौँ, जो सारा दुनियासँग लुकाएर रखेका हुन्छौँ र यो अव्यवस्थित ‘म’ लाई स्वीकार गरिदिन्छन्। त्यसैगरि सोच्नुहोस् यदि हामी आफैले हाम्रो कमजोरी, अस्थिरता तथा दुःखहरु स्वीकार गर्न सक्यौँ भने के हामी आफ्नै बेस्ट फ्रेन्ड बन्न सक्दैनौँ र? यदि हामी आफ्ना त्रुटीहरु सारा दुनियासँग बाड्न सक्यौँ भने के हामी स्वतन्त्र हुदैनौँ र? के स्वतन्त्र हुनु भनेको बिना कुनै अस्वीकारको डर र बिना कुनै आशा आफ्नो कुरा अभिव्यक्ति गर्न सक्नुनै होइन र? यसको लागि त हामीलाई दुनियाले स्वीकार्न पनि पर्दैन, यदि हामी आफैले आफैलाई स्वीकार्यौँत भने। मानिस आफ्नो नकारात्मक भावना तथा सोचाइलाई स्वीकार्न सक्दैन र सधैं उमङ्गित देखिन खोज्छ। त्यसै कारण उच्च आत्माबलको अर्थ मात्र यो होइन कि आफ्नो बारेमा सकारात्मक विचार तथा भावना, यो पनि हो कि आफ्नो नकारात्मक विचार तथा भावनाप्रतिको बुझाई।
हामी हरेक मानिसको अद्वितीय अस्तित्व नै अर्थव्यवस्थाको लागि राम्रो छैन, त्यसै कारण अहिलेको युग नै यसरी डिजाइन गरिएको छ कि हाम्रो स्तर बढ्दै गएको छ भने मानव जातिको मानसिक स्वस्थ्य एकदम गिरिदै गाइरहेको छ। भित्र खोक्रो छ भने बाहिर सुन्दर बोक्रो छ। अनि अर्को कुरा जुन फलभित्रबाट मीठो हुन्छ, त्यो फलको बोक्रा पनि सुन्दर नै हुन्छ तर बोक्रा सुन्दर भएको फल मीठो हुन पनि सक्छ भने नहुन पनि सक्छ। अब्जेक्टीजमका दर्शनबिद आयन र्याोन्ड भन्नुहुन्छ, आत्म सम्मान भनेको यस्तो कुरा हो कि यो कसैले मार्न सक्दैन, हामीलाई चोट त तब पर्छ, यदि कसैले हाम्रो तथाकथित आत्मा सम्मान को बाह्य आवरणलाई नोक्सान पुर्यारउँछन। अर्थात, जब आफैले आफैलाई चिनिदैन, दुनियाले उचाले उड्ने, ओराले थचारिने। त्यसैकारण, आफ्नो हरेक पहलूको बोध भयोभने अरू कोहीको रायले हामीलाई अस्थिर बनाउन सक्दैन।
आन्तरिक आखण्डताले नै हाम्रो यो अनेक रुपमा लुप्त भएको अद्वितीय कौशलतालाई संवृद्धि पार्न सक्षम पार्दछ। यो नै अबको युगमा हामीले गर्नु पर्ने क्रान्ति हो जहाँबाट हामी देखासिखीबाट टाढा रहेर आफू भएर सपना बुन्न सिक्छौँ।
